उपसभापति र सचिव मनोनित गर्न नसक्दा कांग्रेसको चौतर्फी आलोचना
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, साउन २८, २०७६
  • दोलखा

उपसभापति र सचिव मनोनित गर्न नसके पछि दोलखा कांग्रेसको बर्तमान नेतृत्वको चौतर्फी आलोचना भएको छ । नेपाली कांग्रेस दोलखा भित्रको स्वार्थका कारण यि दुई पदमा मनोनित गर्न नसकेको हो ।

‘वर्तमान नेतृत्वको असक्षमताका कारण आफ्नो कार्यकाल सकिन लाग्दा समेत चुप लागेर बस्नु असक्षमताको प्रकाष्ट हो’, नेपाली कांग्रेस दोलखाका नेता कुन्दन राज काफ्ले भने । दोलखाको जिल्ला कार्यसमितले कति काम गर्यो यसलाई हेरेर सहज रुपमा मुल्यांकन गर्न सकिन्छ काफ्लेको तर्क थियोे ।

यता नेपाली कांग्रेस दोलखाका स्वाभिमानी नता तथा कार्यकर्ताहरु भन्छन्, ‘विधान तोकेअनुसार निर्वाचित सदस्यहरु मध्येबाट जिल्ला कार्यसमितीले उपसभापति र सचिव मनोनित गर्नु पर्नेमा नसकेपछि जुन सदस्यहरुले बढी मत ल्याएको हो, उनीहरुलाई मनोतित गरी दुइ पदको पदपुर्ती गर्न अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस दोलखाका निर्वाचित एक सदस्यले भने ‘जिल्ला कार्यसमितीमै अल्पमतमा परेका बर्तमान सभापतिले उनले चाहेकोलाई गर्न नसक्ने भएपछि बिभिन्न बाहना बनाई प्रत्यक बैठकमा टार्ने गरेका छन् ।’

‘उनको पञ्चायती शैलि कसैले नस्वीकार्ने भएपछि यो कार्यसमितीमा मनोनित उपसभापति र सचिव विहिन हुने पक्का पक्की देखिएको छ ।’ उनले दाबीका साथ भने ।क्षेत्र मिलाएर नेतृत्व बाँडफँड पनि गर्न नस्कने भएपछि एउटा मापदण्ड बनाएर जान पनि दिमाग नपुगेपछि जुन सदस्यहरुले बढी मत ल्याएको हो, उनीहरुलाई मनोतित गरी दुई पद पूर्ण गर्न आफ्नो सहमती रहेको उनले बताए ।

उनले आका्रेसित मोडमा भने, ‘कुन सदस्यको कति योगदान छ, कुन कुन कहिले पार्टी प्रवेश गरे, कसले तत्कालिन द्धन्द्धरत पक्षसंग जुधेर बस्यो बर्तमान सभापति रुद्र बहादुर खड्कालाई थाहा नभएकोले सो समस्याबाट दोलखा कांग्रेस गुज्रिएर हो ।’ द्वन्द्वकालिन समयमा ज्यान बचाउन अमेरिका पलायन भएकाले सबै कुरा सभापतिलाई थाहा नभएकोे ति सदस्यको दाबी छ । नेपाली कांगे्रस दोलखाको सांगठानिक अवस्था सुदृढ गर्न दुबै पद मनोनित गर्न जरुरी छ ।