नेकपाका नेता शंकर न्यौपाने कांग्रेसमा प्रवेश, कांग्रेस महामन्त्रीले गरे स्वागत
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, भदौ १२, २०७६
  • काठमाडौँ

अनेरास्ववियु कोटेश्वर क्याम्पस इकाई अध्यक्ष दोलखा तामाकोसी गाउँपालिका वडा ५ का नेकपाका नेता श‌कर न्यौपाने आज चक्रपथमा आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता नेविसघका निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको समन्वयमा नेपाली कांग्रेस महामन्त्री डा. सशांक कोइरालाको प्रमुख आतिथ्यतामा दोलखा जिल्लाका नेताहरूको उपस्थितिमा न्यौपाने पाटी पर्बेस गरेका हुन् ।

पाटी प्रवेश गरेपछि न्यौपानेले नेकपा भ्रष्टहरुको चङ्गगुलमा फसेको, नेकपा पाटी नितिले चलाउन छाडेर नेतामुखी भयर चलाउन थालेको कारणले पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेको बताए ।

बिरामी हुन पाइन्छ तर बिरामी हुँदा पनि देश चलाउने हठ गर्न पाइँदैन : युवा नेता पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बिरामी हुँदा पनि देश चलाउने हठ गर्न नपाइने टिप्पणी गरेका छन् । उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भिडियो कन्फरेन्स’का माध्यमबाट मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेको प्रति आपत्ति जनाउँदै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले बुधबार ट्विटरमा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उच्चतम प्रविधिको प्रयोग सकारात्मक भए पनि प्रविधिको गलत प्रयोग प्रत्युत्पादक हुने प्रष्ट्याएका छन् ।

“सम्माननीय प्रधानमन्त्री  शीघ्र स्वास्थ्यलाभको कामना । उच्चतम प्रविधिको प्रयोग सकारात्मक हो तर प्रविधिको गलत प्रयोग प्रत्युत्पादक हुन्छ,” नेता पौडेलले लेखेका छन्, “लामो समय देशलाई नै विदेशमा बसेर चलाउन खोज्नु कदापि उचित मान्न सकिँदैन । बिरामी हुन पाइन्छ तर बिरामी हुँदा पनि देश चलाउने हठ गर्न पाइँदैन ।

उनले ‘भिडियो कन्फरेन्स’ गरेर बसेको मन्त्रिपरिषद् बैठकमा परिषद्का सदस्यबाहेकका व्यक्तिहरु पनि उपस्थित हुनु उचित नभएको संकेत गरेका छन् । “मन्त्रिपरिषद् बैठकमा परिषद्का सदस्यबाहेक अरूको समेत उपस्थिति नयाँ अध्यायको सुरूवात हो कि रु,” पौडेलले प्रश्न गरेका छन् ।

सरकारले केही दिनअघि आफ्नो कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला ‘भिडियो कन्फरेन्स’लगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । सोही संशोधित व्यवस्थाअनुसार सोमबार ‘भिडियो कन्फरेन्स’ गरेर मन्त्रिपरिषद् बैठक बसेको थियो ।