भूपूगोरखा सैनिकले बेलायतलाई दिए २४ अक्टुबरको अल्टिमेटम
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, भदौ १७, २०७६
  • काठमाडौँ

बेलायती गोरखा सैनिकको लामो इतिहास बोकेको शक्ति संघर्ष उत्रने भएका छन् । उनीहरुले बेलायती सरकारले आफूहरुमाथि विभेदपूर्व व्यवहार गर्दै आएको भन्दै त्यसलाई मेटाउन निरन्तर आवाज उठाइरहेका समयबीच आमरण अनसन बस्ने सम्मनको चेतावनी दिएका हुन् ।

बेलायती सैनिकसरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग राखेर वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले भोकहडताल गर्ने चेतावनी दिएका छन् । असमान व्यवहार हटाउन बेलायत सरकारलाई गरेको पटकपटकको आग्रहको सुनुवाइ नभएको भन्दै उनीहरूले भोक हडतालमा उत्रिने चेतावनी दिएका हुन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार, उनीहरूले बेलायती सरकारलाई माग पूरा गर्न आउँदो २४ अक्टुबरसम्मको समयसीमा (अल्टिमेटम) दिएका छन् । उक्त समयसीमाभित्र पर्खने र त्यतिबेलासम्म पनि बेलायत सरकारले मागबारे सुनुवाइ नगरे भोकहड्तालमा उत्रिने उनीहरूको चेतावनी छ ।

बेलायती सरकारविरुद्ध संघर्ष गर्दै आइरहेको गोर्खा सत्याग्रह संघर्ष समितिका अध्यक्ष ज्ञानराज राईले आफूहरूको चाहना संघर्ष नभएर वार्ता भएको बताएका छन् । साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै उनले आफूहरूले नेपाल र बेलायती सरकारले वार्तामार्फत समाधान खोजोस् भन्ने चाहेको बताए ।

पहिलो विश्वयुद्ध आफ्नो पक्षमा पार्न बेलायतले पहिलोपटक नेपाली प्रयोग गरेको थियो । त्यसयता उसको राष्ट्रियता र स्वाधीनताका लागि भर्ती भएर कैयन नेपालीले सेवा गरेका छन् । सैन्य सेवामा र्पुयाएको योगदानको प्रशंसा गर्दै नेपालीहरू त्यहाँको विभिन्न प्रतिष्ठित पदकबाट सम्मानित भएको इतिहास छ ।

यद्यपि, त्यहाँको सेनामा भर्ती हुने बेलायती र नेपालीबीच विभेदको गहिरो खाडल रहेको भन्दै भूतपूर्व बेलायती गोरखा सैनिकहरू रुष्ट छन् ।