नेकपामा यो कस्तो रोग ?
  • अनलाइनपाना संवाददाता
  • बुधबार, भदौ २५, २०७६
  • काठमाडौँ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्ला तहसम्म पनि देखिएको छ ।

नेकपाभित्र पार्टी केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापाले छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो ।

नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी टिप्पणी गर्न थालेपछि सचिवालय बैठकले सामाजिक सञ्जालमा टिप्पणी गर्नै नपाउने निर्णयसमेत गर्नुपरेको थियो । नागरिक दैनिकबाट