प्रचण्डको हत्या गर्न टोली खटाइएको भन्नेबारे बोले विप्लव, के भने ?
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, फाल्गुन ३०, २०७५
  • काठमाडौँ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना पूर्वनेता एवं सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रण्डलाई मार्न टोली नखटाएको जवाफ दिएको छ ।

उसले आफूहरुको संघर्ष नेता वा व्यक्ति वषेशका विरुद्धमा नभई राज्य सत्ता बदल्न भएको दाबी गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शहीद परिवारलाई सम्मान गर्न आयोजित कार्यक्रममा प्रचण्डले विप्लव समूहले आफ्नो हत्या गर्न विशेष टोली परिचालन गरेको सूचना सरकारका तर्फबाट दिइएको बताएका थिए ।

यो पनि पढ्नुहोस् !

विप्लवले प्रचण्डलाई मार्ने थाहा पाएपछि…

उनले हत्या सूचीको पहिलो नम्बरमा आफूलाई राखेको दाबी गरेका थिए । तर, उक्त दाबी सही नभएको विप्लव नेतृत्वको नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले बताए । ‘उहाँ (प्रचण्ड) लाई मार्ने हाम्रो योजना छैन र कुनै टोली पनि खटाइएको छैन’, कार्कीले भने ।

सरकारले एकतर्फी रुपमा युद्ध घोषणा गरेको आरोप लगाउँदै कार्कीले आफूहरु अझै शान्तिपूर्ण रुपमा एकीकृत जनक्रान्ति सम्पन्न गर्ने दिशामा रहेको दाबी गरे ।

सरकारले विप्लव समूहलाई आपराधिक घोषणा गर्दै प्रतबन्ध लगाएपछि उक्त समूह आक्रोशित भएको छ । आफूमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोधमा सो समूहले बिहीबार आयोजना गरेको नेपाल बन्दले जनजीवन प्रभावित भएको छ ।