प्रचण्ड र विप्लवमा नयाँ विचार खाँचो : बाबुराम भट्टराई
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, चैत्र १, २०७५
  • काठमाडौँ

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रचण्ड र विप्लवलाई नयाँ विचार बदल्न सुझाव दिएका छन् । संयोजक बाबुरामले विचार बदल्न सुझाव दिदै उनीहरुलाई नयाँ बिचारको खााँचचो रहेको औल्याएका हुन् ।

उनले दुवैमा देखिएको वैचारिक समस्याले पछिल्लो परिणाम आएको जिकिर गर्दै ‘कोर्स करेक्सन’को सुझाव दिएका हुन् ।

संविधानविपरीत गतिविधि सञ्चालन गरेको भन्दै सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि यसको पक्ष–विपक्षमा बहस सुरु भएको छ । नेकपाकै नेताबीच पनि प्रतिबन्ध लगाउनु हुन्थ्योरहुन्थेन भन्नेमा एकमत छैन ।

तर, तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धका वैचारिक तथा सांगठनिक खम्बामध्येका एक बाबुरामले आफ्ना दुवै पूर्वकमरेड गलत बाटोमा हिँडेको टिप्पणी गरेका छन् ।

प्रतिबन्धबारे मुख नखोले पनि प्रचण्डले विप्लव समूहले आफ्नो हत्या योजना बनाएको दाबी गरेका छन् । यद्यपि, यसको दसी प्रमाण उनले पेश गर्न सकेका छैनन् ।

उता, क्रान्तिलाई धोका दिएर गद्दारी गरेको भन्दै विप्लव प्रचण्डसँग रिसाएको केही वर्ष भइसकेको छ ।

दुवै नेतालाई नजिकबाट चिनेका बाबुरामको विचारमा दुवैमा देखिएको समस्या व्यक्तिको नभएर विचारको हो । प्रचण्डले बोकेको संसदीय कम्युनिज्म र विप्लवको उग्रपन्थी कम्युनिज्मका कारण दुईबीच दन्तबझान चलेको बाबुरामको ठहर छ ।

‘पूर्व क।प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ समस्या व्यक्तिको नभएर विचारको हो ! यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म वीचको हो ’ बाबुरामले ट्विट गरेका छन् ।

दुवैलाई इतिहासले गलत सावित गरिसकेको दाबी पनि बाबुरामले गरेका छन् । ‘इतिहासले दुवैलाई गलत सावित गरिसकेको छ’, अंग्रेजी भनाइ ‘टू रङ डन्ट मेक अ राइट’ स्मरण गराउँदै बाबुरामले ट्विटरमा लेखेका छन्, ‘खाँचो नयाँ विचारको ।’