कम्युनिष्ट पार्टीको आवश्यकता छैन : डाक्टर भट्टराई
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, चैत्र १, २०७५
  • काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपालमा नेपालमा कम्युनिष्ट पार्टीको आवश्यकता नभएको बताएका छन् । उनले जनता टेलिभिजन मार्फत प्रसारण हुने कार्यक्रम ‘द भ्यू’ (विचार मन्थन)मा बोल्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्ने क्रममा संयोजक भट्टरााईले पुँजीवादले व्यक्तिको निजी स्वतन्त्रताको मात्र कुरा गरेर समाजिक सम्बन्ध बिर्सिएको बताउदै मार्कसका चेलाहरुले निजी स्वतन्त्रता बिर्सेर सामाजिक सम्बन्ध मात्र मान्छे हो भन्न तर्कहरु गर्दै आएका कारण यी दुवैपथ अपूर्ण भएको तर्क दिएका छन् । उनले सोहि कारणले नेपालमा रहेका दलहरुले आफूलाई कमयुनिष्ट पार्टी भनिरहन जरुरी नभएको टिप्पणि गगरेका थिए ।