विप्लवलाई वार्तामा आउन सरकारको विन्तिभाउ, के गर्लान विप्लव ?
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, चैत्र १, २०७५
  • काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अध्यक्ष केपी ओली नेतृत्वको नेकपा सरकार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको अगाडि लम्पसार बनेको छ । सरकारले विप्लवलाई वार्तामा आउन आह्ववान गर्दै उनीहरुको स्वागतका लागि दश औला जोडेर विन्ति गरेको बताएको छ ।

विप्लवका गगतिविधीबारे छलफल गर्न बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले गरेकबा निर्णयबारे जानकारी दिदै सरकारका प्रवक्ता एबं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार विप्लव समूहसँग वार्ता र छलफलका लागि सधैँ तयार रहेको बताएका छन् ।

उनले भने्, ‘हामी विप्लव समूहलाई दश औँला जोडेर रातो कार्पेट ओछ्याएर बिन्ती गर्छौँ । हिंसात्मक गतिविधि छोडेर वार्तामा आउनुहोस् ।’

यसबारेमा विप्लवले कुनै प्रतिक्रिया जनाएको छैन् । अब विप्लवले द्वन्द छाडेर सरकारको अगाडि झक्ने या आफ्नो क्रान्तिलाई जारि राख्ने भन्ने प्रमुख कुरा हो ।

विप्लवका गतिविधीहरु हेर्दा उसले सरकारको निर्णयमा मान्ने कुनै पनि संकेत देखिएको छैन् । उल्टै पछिल्लो सयम विप्लवले अझ ठुला घटनाहरु घटाईहेको छ ।