प्रहरीले सुरक्षा सतर्कता बढायो
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, चैत्र १, २०७५
  • काठमाडौँ

चन्द नेतृत्व नेकपाको गतिविधिमा सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले दुर्गम भेगका चौकिहरुमा आक्रमण हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । त्यसैगरी देशका मुख्य केन्द्र तथा सहरहरुमा आक्रमण हुन सक्ने भन्दै चेकजाँच र प्रहरी परिचालन बढाएको जनाएको छ ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार सादा पोसाकका प्रहरीको परिचालन बढाइएको छ भने सूचना संकलनलाई तीव्रता दिइएको छ । प्रहरीले चन्द समूह संलग्नहरुको सूची तयार पार्ने, प्रत्यक्ष संग्लनलाई पक्राउ गर्ने तथा निगरानी गर्ने नीति लिएको छ ।