राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा सडकमा
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, चैत्र १, २०७५
  • काठमाडौँ

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टिको राष्ट्रिय स्वाभिमानको यात्रा सडकमै अन्त्य गरिएको छ । गत फागुन १५ गतेदेखि ३० गतेसम्म ताप्लेजुङबाट सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौंको अतिनै व्यस्त मानिने भृकुटीमण्डको सडकमा गरिएको हो ।

पार्टीले विभिन्न माग राख्दै मेची महाकाली यात्रा सुरू गरेको थियो । यात्राका क्रममा सहभागीले दुई हजार ८ सय १० किलोमिटर दूरी पार गरेको थियो ।