ज्यान जोगाउन अमेरिका भाग्दै प्रचण्ड, यस्तो छ रहस्य
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, चैत्र १, २०७५
  • काठमाडौँ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यान जोगाउन अमेरिका भाग्न लागेका छन् । उनले आफ्नी श्रीमति सिता देवि दाहालको उपचारका लागि त्यस तर्फ जान लागेको बताएपनि उनी आन्तरिक रहस्य भने अर्कै रहेको छ ।

स्रोतले दिएको जानकारी अनुसार भेनेजुएला काण्डमा मुछिए लगत्तै सिके राउतलाई रिहा पश्चात उनी अमेरिकाका उच्च अधिकारीहरुलाई भेट्न जान लागेका हुन् । भेनेजुएला प्रकणका बेला अमेरिकाले प्रचण्डलाई ज्यान मार्ने धम्कि दिएपछि उनले नेपाल स्थीत अमेरिकी एम्बेस्सीमा पुगेर आफुले गल्ति गरेको भन्दै माफी मागेका थिए ।

तर, सोहि क्रममा प्रचण्डले नै सिके राउतलाई बाहिर ल्याउने प्रस्ताव साथमा लिएर आएको आन्तरिक स्रोतको दाबि छ । स्रोका अनुसार उनलाई अमेरिकी परराष्ट्रमन्त्रीले त्यहि आएर भेट्न दबाब दिएका थिए।

प्रचण्ड अमेरिकामा रहँदा गर्नुपर्ने गतिविधी बारे छलफल गर्नका लागि नेकपाले बैठकको आह्वान समेत गरेको छ । अध्यक्ष प्रचण्ड मार्च १८ तारिख अर्थात चैत्र ४ गते अमेरिका जाने भएका छन् । अर्को कुरा प्रचण्डलाई एकातिरबाट विप्लवले समेत मार्ने धम्किी दिईरहेको छ ।

 

उनी यसकारणले समेत अमेरिका भाग्न लागेको हुनसक्ने आशंका गरिएको छ । यहि मौका पारेर अमेरिका जानुले नै यसको संकेत गरेको छ ।