सिके राउत देखाउने पात्र : कांग्रेस नेता जोशी
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, चैत्र १, २०७५
  • काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले सरकार र नेपाल कम्युनिष्ट पार्टि (नेकपा)ले सिके राउतलाई देखाउने पात्र मात्र बनााएको बताएका छन् । नेता जोशीले प्रधानमन्त्री खड्गप्रसाद ओलीले मधेसमा कम्युनिष्टको कब्जाा जमाउन सिकेलाई प्रयोग गरेको आरोप लगाएका छन् ।

सरकारले सिके राउत जनमत संग्रहको कुरा राष्ट्रिय एकता विपरीत भएको ठोकुवा गरेका छन् ।

नेपाली कांग्रेसका विषयमा बोल्दै नेता जोशीले कांग्रेस अहिले इतिहासकै गम्भीर मोडमा रहेकाले सबैको भावनाको सम्मान, सबैलाई समेटेर जानुको विकल्प नरहेको बताएका छन्।

पार्टीको पर्सा जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सिके राउतसँगको सम्झौता लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय एकता विपरीत भएको टिप्पणी गरे।