“विप्लव”को धम्कीसंग डराउने ”प्रचण्ड“ कायर हुन् : महासचिव शाही
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, चैत्र १, २०७५
  • कपिलबस्तु

संसदको प्रमुख प्रतिपक्षमा रहेको ठूलो दल नेपाली कांग्रेसकाे भात्री संगठनका प्रभावशाली युवा नेता एवं तरुणदलका महासचिव भुपेन्द्रजंग शाहीले प्रचण्ड आफ्नै सहकर्मीसंग डराएकाले कायर भएको दावी गरेका छन् ।

कांग्रेस कपिलवस्तु क्षेत्रीय समितीद्धारा आयोजना गरेको विशाल आमसभालाई संवोधनका क्रममा शाहीले यस्तो अभिव्यक्ति दिएका हुन् ।पछिल्लो समय पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विप्लवले पहिलो निशाना बनाएको कुरा बाहिरिएका थिए । सोहि क्रममा अध्यक्ष दाहालले आफुलाई विप्लवले मार्ने षडेन्त्र गरिरहेको दावी गर्दै आएका छन् ।

जनयुद्धमा संगै युद्ध लडेका विप्लवले गोप्य रुपमा यस्तो भयानक योजना बनाएको भन्दै प्रचण्ड हच्किएका छन् । सोही प्रशंगलाई लिएर कम्युनिष्टको राजनीति बुझि नसक्नुको रहेकाले प्रचण्ड आफ्नै सहकर्मीसंग तर्सीएर हिड्नुपरेका बताएका छन् ।

उनले आफ्नै सहकर्मीसंग डराउनेहरु कायर नै भएको बताएका छन् । उनले विप्लवलाई प्रतिवन्ध लगाउँदैमा राजनीतिक संकट समाधान नहुँने बताउँदै यसले झन युद्धको खतरा निम्तने बताए ।शाहीले वर्तमान राजनीतिक संकट वार्ता मार्फत छिटो समाधान गर्न सकिएन् भने मुलुक थप दुर्घटनामा पर्न सक्ने खतरा रहेको बताए ।

उनले भने, ‘सरकारले द्वन्द्व निम्त्याउन खोजेको देखिन्छ । सरकारले मुलुकलाई फेरि युद्धमा फसाउन खोजेको छ । विप्लव समुहलाई पनि हिंसाको बाटोबाट भन्दा पनि शान्तिपुर्ण बाटो बाट खुल्ला राजनीतिक गतिविधिमा आउन आग्रह गर्दछु ।’ उनले हिजो आफै हत्या हिंसा मच्चाउने प्रचण्डलाई आज आफै मरिन्छकि भनेर अत्तालिरहेको जिकिर गरे ।