बिप्लबको नेकपालाई हतारमा प्रतिबन्ध लगाएर सरकारले गल्ती गर्‍यो : सभापति देउवा
  • अनलाइनपाना संवाददाता
  • शनिबार, चैत्र २, २०७५
  • पाल्पा

नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपासग सरकारले बार्ताको पहल थाल्नुपर्ने बताएका छन ।प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने ‘बिप्लबको नेकपासग बार्ता र सहमतीबाट समाधान खोज्नुपर्नेमा सरकारले हतारमा प्रतिबन्ध लागाएर गल्ती गर्‍यो’

सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गरे त्यो स्विकार्य नहुने भन्दै ओली सरकार प्रेस स्वतन्त्रता समाप्त गर्न लागिपरेको बताए । भ्रष्ट्राचार, हत्या, हिंसा, बलात्कार, लुटपाट र बम विष्फोटका घटना अत्याधिक बढेको तर त्यसलाई रोक्न सरकारको प्रभाबकारिता नदेखिएको स्पस्ट पारे ।

सभापति देउवाले सिके राउतसंग सरकारले गरेको ११ बुदे सम्झौता राष्ट्रघाती, जनविरोधी, राष्ट्रहित विपरित रहेकोले सबै जनताले विरोध गर्नुपर्ने बताए । सिके राउतले उठाएको स्वतन्त्र मधेशलाई सरकारले बैधानिकता प्रदानगरी राष्ट्रघाती सम्झौता गरेकोले नेपाली काँग्रेस सम्झौताको विरुद्ध आन्दोलनमा जाने सभापति देउवाले चेतावनी दिए ।