सत्ताधारी पार्टी नेकपा छाडेर काँग्रेसमा प्रवेश गर्ने युवाहरुको लर्को, पाल्पाका सयौं युवा कांग्रेसमा प्रवेश
  • अनलाइनपाना संवाददाता
  • आइतवार, चैत्र ३, २०७५
  • पाल्पा

प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली काँग्रेसको यति बेला जिल्ला दौडमा छ देशभरि नेपाली काँग्रेसको माहोल ह्वात्तै बढेको छ हिजो पाल्पा   जिल्लामा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेहरुको लहर नै चलेको छ । सत्ताधारी पार्टी नेकपा र अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने युवाहरुको लर्को लागेको हो । नेपाल राष्ट्रिय मगर संघको प्रदेश पाँच स्तरीय प्रशिक्षण कायक्रममा सत्तारुढ दल नेकपा भ्रष्ट भएको भन्दै सो दलमा क्रियाशील जिल्लाका सयौं युवाहरु काँग्रेसमा प्रवेश गरेका छन् ।

जिल्लाका सयौ नव प्रवेशीलाई नेपाली काँग्रेसका पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन समारोहमा पार्टीको सदस्यता प्रदान गरी पार्टी प्रवेश गराएका हुन् । तानसेन, रामपुर तथा आसपासका ग्रामीण क्षेत्रबाट आएका सयौ युवाहरुको प्रवेशले काँग्रेसमा नयाँ उर्जा थपेको र उनीहरुलाई व्यवस्थापन गर्ने कार्यलाई पार्टीले नयाँ रणनीति तय गर्ने जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले बताए ।

उनले कम्युनिष्टहरुको काम जनता ढाँट्ने, छल्ने, मिठा मिठा सपना देखाउने भएकाले अब जनताले कम्युनिष्टलाई राम्रैसँग चिनेको धारणा व्यक्त गरे ।

दुई तिहाईको कम्युनिष्ट सरकार भए पनि जनचाहना, जनअपेक्षा अनुसार काम नभएको, अरवौ रुपैयामा भ्रष्ट्राचार बढेको, केन्द्रदेखि प्रदेशसम्म कमिशनतन्त्र बढेकाले अब काँग्रेस पार्टी रोज्नुको विकल्प नरहेको सभापति रानाले बताए ।

जिल्लामा यस अघि पनि नेपाली कांग्रेस पाल्पाले सञ्चालन गरेको क्रियाशील सदस्यता वितरण तथा संगठन विस्तार अभियानमा नेकपा सहित विभिन्न पार्टीबाट सयौं युवाहरु काँग्रेसमा प्रवेश गरेका थिए । नेपाली काँग्रेस रिब्दीकोटले सञ्चालन गरेको पहिलो चरणको अभियानमै १ सय २० जना व्यक्तिहरु नेकपा, राप्रपा लगायतका पार्टीहरुबाट काँग्रेसमा प्रवेशका हुन् ।

जनतामा भरोसा र आश्वासन दिएर सत्तामा पुगेपनि जनताको लागि नभएर केही भ्रष्टहरु व्यक्तिका लागि मात्र कामगरेको भन्दै जिल्लामा नेकपाका कार्यकर्ताहरुले असन्तुष्टी जनाएका छन् ।पार्टीले भरोसा दिलाउन नसकेपछि ती पार्टीमा क्रियाशील युवाहरु काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले जानकारी दिए ।