गगन थापाको विचारलाई आत्मसाथ गर्दै वाईसियल नेता कांग्रेस प्रवेश
  • अनलाइनपाना संवाददाता
  • आइतवार, चैत्र ३, २०७५
  • काठमाडौँ

तत्कालिन नेकपा माओबादी निकट युवा संगठन वाईसियलका नेता प्रमोद ढकाल (दिनेश) नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनले मुलुकमा कम्युनिष्टहरुले अशान्ति मात्र ल्याउने गरेको र कांग्रेसले समाधानको बाटो खोजिरहेका कारण कांग्रेस मनपरेको भन्दै प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाको विचारलाई आत्मसाथ गर्दै प्रवेश गरेका नेता ढकाल जिल्लाको सुनकोशी गाउपालिका ७ का स्थाई बासिन्दा हुन् । शनिबार नेपाली कांग्रेस सिन्धुली काठमाडौं सम्पर्क समितीले आयोजना गरेको बृहत वनभोज तथा सांस्कृतिक कार्यक्रममा नेता थापाले कांगग्रेसमा भित्र्याएका हुन् ।