बिना मगर बिरुद्ध अख्तियारमा उजुरी, के हुन्छ उनको मन्त्रीको पद ?
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, चैत्र १४, २०७५
  • काठमाडौँ

खानेपानीमन्त्री बिना मगरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा विवेकशील नेपाली दलले अख्तियारमा उजुरी दिएको हो ।

अख्तियारमा उजुरी दिन विवेकशीलका रञ्जु दर्शना सहितको टोली अख्तियार पुगेको थियो । उजुरीमा मन्त्री मगर, सचिव तथा आफैंले प्रतिबद्धता गरेको समयमा काम सम्पन्न गर्न नसक्ने इटालियन कम्पनीविरुद्ध कारबाही माग गरिएको छ ।

उजुरीमा खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीको लापरबाहीले मेलम्ची आयोजनाको काम अलपत्र परेको उल्लेख छ ।

टोलीले अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालालाई उजुरी दिएको हो । मेलम्ची प्रकरणमा मन्त्री मगरले केही समयअघि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा गरेका थिए ।