काठमाण्डौमै नेकपालाई झड्का, ओलीको पार्टी परित्याग गरी ५० जना नेपाली कांग्रेसमा प्रबेश
  • अनलाइनपाना संवाददाता
  • शनिबार, चैत्र १६, २०७५
  • काठमाडौँ

प्रमुख प्रतिपक्षमा रहेको ठूलो दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकार लगानी सम्मेलन गरेर बस्ने तर, विकास बजेट खर्च गर्न नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस टोखा नगरपालिका–११ ले शनिबार आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान’ कार्यक्रममा सो कुरा बताएका हुन् । आजै ओलीको पार्टी परित्याग गरी करिब ५० जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।

वडा कार्यसमिती वार्ड नम्बर ११ टोखाले आयोजना गरेको कृयाशिला सदस्य भेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रममामा उनिहरु नेपाली कांग्रेसमा प्रबेश गरेका हुन ।उनिहरुलाई नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले खादा र माला लगाएर कांग्रेसमा स्वागत गरेका हुन् ।

यो पनि पढ्नुहोस्

चाक्सिबारीबाट माथि जान सकेनन् प्रकाशमान

कार्यक्रममा बोल्दै नेता सिंहले विदेशी लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गर्नु राम्रो कुरा भए पनि विकास बजेट खर्च गर्न नसक्नु दुःखद भएको बताएका हुन ।

‘विदेशी लगानी ल्याउनु नराम्रो कुरा हैन तर, सरकारले विकासका लागि छुट्याएकै बजेट नै खर्च गर्न सकिरहेको छैन ।’ उनले भने–‘सरकारले गरेका कामलाई कसरी विस्वास गर्ने ?’ भनेर प्रश्न समेत गरेका छन् ।