बोल्नै नमिल्ने भएपछि यसरी चुपचाप भए प्रचण्ड
  • अनलाइनपाना संवाददाता
  • सोमवार, चैत्र १८, २०७५
  • काठमाडौँ

बोल्नै नमिल्ने भएपछि अमेरिकाबाट फर्किएपनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुपचाप छन् । श्रीमती सिताको उपचारका लागि भन्दै अमेरिका गएका प्रचण्डले राजनीतिक समीकरण मिलाएका छन् ।

उपचार त एउटा बहानामात्र भएको बुझ्नेहरु बताउँछन् । यसको अर्थ अमेरिकाले उनलाई केही पनि नबोल्न भनेकाले उनी मौन छन् ।स्रोतका अनुसार अमेरिकाले प्रचण्डको दिमाग भुटेको छ । अमेरिकाले भारत र चीन छिमेकी राष्ट्र भएपनि उनीहरुले जे जे भन्छन् त्यही नमान्न पनि सुझाव दिएको छ ।

अमेरिकाले नेपाल स्वतन्त्र राष्ट्र भएकाले त्यही हैसियतमा रहन पनि सुझाव दिएको छ । यसको अर्थ भारत र चीनसँग बढी नझुक्नु भन्ने उसको आशय हो । अमेरिकाले आफ्नो पक्षमा बोल्न प्रचण्डलाई आग्रह गरेको छ ।

अहिले प्रचण्ड न अमेरिकाको पक्षमा न भारतको पक्षमा बोल्ने अवस्थामा छन् । यसरी एउटा देशको पक्षमा बोल्दा अर्को देश रिसाउने भएकाले उनी मौन छन् । प्रचण्डले चलाएको माओवादी द्धन्द्ध सफल बनाउन भारतकै ठूलो सहयोग रहेकाले पनि प्रचण्ड भारतसँगको सम्बन्ध बिगारिहाल्ने पक्षमा छैनन् ।