मधेसमा राजनीति भेटघाटमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र
  • अनलाइनपाना सम्बाददाता
  • मङ्लबार, माघ २२, २०७५
  • काठमाडौँ

करिब दुई सातादेखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

पूर्वराजाले सोमबार बेलुकासम्म २५० जनाभन्दा बढीसँग भेट गरेका छन् । नितान्त व्यक्तिगत भ्रमण भन्दै मध्य तराईको भ्रमणमा निस्किएका ज्ञानेन्द्रले तराईका राजावादीलगायत विभिन्न व्यक्तिसँग भेट गरेका छन् ।

भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आग्रह गरेका थिए ।केही दिन सिमरा बसाइपछि उनी सपरिवार झापा जाने कार्यक्रम छ । –नेपाल समाचारपत्र दैनिकबाट