वाल तथा समाज कल्याण युवा क्लवको आयोजनामा विशेष सास्कृतीक कार्यक्रम
  • अनलाइनपाना संवाददाता
  • आइतवार, बैशाख १, २०७६
  • लेखनाथ

वाल तथा समाज कल्याण युवा क्लवको आयोजनामा नयाँ वर्ष विशेष सास्कृतीक कार्यक्रम तथा स्व प्रभात स्मृती जुनियर भलिवल प्रतियोगिता आज देखी शुरुवात भएको छ ।

सास्कृतीक कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी गण्डकी प्रदेशका सभासद् तथा विकास समितीका सभापती दिपक कोइराला ज्यूले युवाहरु जित्का लागी मात्र नभई सिक्नका लागी समेत खेलमा लाग्नुका साथै खेलले अनुशासन सिकाउने समेत जोड दिए ।

सोही कार्यक्रममा इलाका प्रशासन कार्यलय लेखनाथका प्रमुख चित्राङ्ग वराल, पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, लगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सास्कृती कार्यक्रम सँगै क्लवका अध्यक्ष सरोज भुर्तेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सस्थापक अध्यक्ष प्रेम प्रसाद सुवेदीले गर्नुका साथै सञ्चालन अम्विका ओझाले गर्नु भएको थियो ।