दिनहुँ झै हत्या तर अपराधी भने वेपत्ता
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, बैशाख २६, २०७६
  • काठमाडौँ

धनुषा मिथिला नगरपालिका–६ का शम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको हत्याबारे प्रहरीले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन ।

सोमबार साँझ आफ्नै घरबाट बेपत्ता भएका दूधे बालक साहको हत्यारा पत्ता लगाउन प्रहरी लागिपरे पनि कुनै प्रमाण नभेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपर रामेश्वर कार्कीले बताए ।

‘हत्याबारे विभिन्न अनुसन्धान तथा सोधपुछ कार्यलाई निरन्तरता दिइएको छ । तर कुनै प्रमाण फेला परेको छैन,’ प्रनाउ कार्कीले भने, ‘सोधपुछको क्रममा केही व्यक्तिमाथि शंका देखिएकाले थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखी उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।’ हत्यारा पत्ता लगाउन प्रहरीले हेटौंडाबाट तालिमप्राप्त ट्रेकर डगसहितको प्रहरी टोली मगाएको थियो । तर उक्त तालिमप्राप्त कुकुरले पनि कुनै प्रमाण फेला पार्न नसकेपछि पीडित पक्ष निराश भएको एक स्थानीयले बताए ।

स्थानीय राजकुमार मण्डलका अनुसार हेटौंडाबाट ल्याइएको सो कुकुरले घटनास्थलबाट चोकसम्म दुई पटक ओहोरदोहोर ग¥या । तर कुनै प्रमाण फेला पारेको छैन ।