रोनाल्डोको ह्याट्रिक : प्रेमिकाले थाम्न सकिनन् आँशु
  • अनलाइनपाना संवाददाता
  • बुधबार, फाल्गुन २९, २०७५
  • काठमाडौँ

युभेन्टसलाई एथ्लेटिको म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको इतिहासकै उत्कृष्ट पुनरागमनमध्ये एकका लागि प्रेरित गर्दा क्रिस्टियानो रोनाल्डोले आफ्नी प्रेमिकालाई समेत रुवाएका छन् ।पहिलो लेगमा बेहोरेको २–० को हारलाई उल्टाउँदै रोनाल्डोको ह्याट्रिकको मद्दतले युभेन्टसले एथ्लेटिकोलाई ३–२ गोलअन्तरले हरायो ।

रोनाल्डोले प्रत्येक हाफमा हेडको मद्दतले एक–एक गोल गरे भने खेल सकिन केही समय बाँकी छँदा पेनाल्टीबाट निर्णायक गोल गरेपछि टुरिनको मैदानमा समर्थकहरुले आफ्नो खुसी लुकाउन सकेनन् । मैदानमा उपस्थित रहेका रोनाल्डोको परिवार पनि निकै भावुक बनेका थिए ।

खेलको ८६ औँ मिनेटमा जोन ओबलाकबिरुद्ध पेनाल्टी गोल गरेपछि रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेज निकै भावुक देखिएकी थिइनन् । उनले आफ्नो खुसीको आँशु रोक्न सकिनन् ।

उता, छोरा क्रिस्टियानो जुनियरले पनि गोलको खुसियाली मनाउँदै गरेको देखिएको थियो ।खेलपछि रोड्रिग्वेजले इन्सटाग्राममार्फत रोनाल्डोको सफलतामा बधाई दिएकी छिन् ।

रोनाल्डोको बाल्यकालको तस्विर पोस्ट गर्दै उनले लेखेकी छिन्, ‘यो ३–० कसैले तिमीबाट खोस्न सक्दैन । तिमी यसको हकदार हौ, यो तीन गोलका लागि मात्र होइन । यो तिम्रो मिहिनेताको लागि हकदार हौ । हामी हरेक दिन तिम्रो साथमा छौँ । भगवान थाहा छ । भगवानले यो तिमीलाई दिनुहुन्छ किनभने फुटबलको दुनियाँ तिम्रो हो ।’खेलपछि प्रतिक्रिया दिँदै रोनाल्डोले आफूलाई यसैको लागि युभेन्टसले अनुबन्ध गरेको बताए ।