माल्दिभ्सको पोस्टमा भारतको ५ गोल
  • अनलाइनपाना संवाददाता
  • बुधबार, फाल्गुन २९, २०७५
  • काठमाडौँ

माल्दिभ्सको पोस्टमा भारतको ५ गोलसाफ च्याम्पियनसिपको दोस्रो खेलमा माल्दिभविरुद्व पहिलो हाफमा भारतले प्रभाव जमाएको छ ।

विराटनगरको सहिद रंगशालामा भारतले पहिलो हाफको खेल सकिदाँ ५–० को अग्रता लिएको हो । सुरु देखिनै आक्रमक देखिएको भारतले आठौं मिनेटमा अग्रता बनाएको थियो । माल्दिभ्सका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई भारतकी ग्रेस डाङमीले गोलकिपरलाई बिट गर्दै गोल गरेकी थिईन् ।

१३ औ मिनेटमा भारतले अग्रता दोब्बर बनायो । मिडफिल्डर ग्रेसको पासलाई सदुपयोग गर्दै फरवार्ड सन्धिया रङ्गनाथले भारतको अग्रतालाई दोब्बर बनाएकी थिईन् । २२ औ मिनेटमा ईन्दुमती काथिरसेनले कडा प्रहार गोलकिपरले बचाउन सकिनन् । गोलकिपरले पञ्च गरेको बलले सिधै पोस्टको दिशा लिएको थियो ।

२७ औ मिनेटमा सञ्जुले डिबक्सभित्रबाट प्रहार गरेको बलमा गोलकिपर मुखदर्शक रहिन् ।पहिलो हाफको ईन्जुरी समयमा रतनबाला देवीले करिब २५ यार्ड बाहिरबाट प्रहार गरेको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएको थियो ।

समुह बीको पहिलो खेलमा दुवै टोली मैदान उत्रिएका हुन् ।दुवै टोली सहज जित निकाल्दै सेमिफाईनल यात्रा तय गर्न चाहन्छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ३–० ले हराएको थियो ।