साफ च्याम्पियनसीप : समूह चरणको अन्तिम खेलमा भारत र श्रीलंका भिड्दै
  • अनलाइनपाना संवाददाता
  • आइतवार, चैत्र ३, २०७५
  • काठमाडौँ

 

साफ च्याम्पियनसीप फुटबलमा समुह चरणको अन्तिम खेलमा आज भारत र श्रीलंका भिड्दै छन् । विराटनगरस्थित सहिद रंगशालामा दिउसो तीन बजे हुने खेलमा दुबै टिम समूह विजेता बन्ने प्रयासमा हुनेछन् ।

खेलको उपविजेता टोलीले सेमिफाईनलमा नेपालसंग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीले फाईनल प्रवेशका लागि बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ ।