हिन्दुहरु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । नारीहरु तिजको वर्त बस्ने, श्रीमान भएका महिलाहरु लोग्नेको दिर्घायुको कामना गर्छन् भने अविबाहित नारीहरु शिव जस्तै लोग्ने पााउँ भन्दै भगवानको आराधना गर्ने गर्छन् । पछिल्लो समय चेलीबेटिहरुको पीडा,व्यथा अनि वेदना सहितका कुरा मात्र नभएर नारीहरु भेला हुँदै एक आपसमा छमछमी नाच्ने पनि गर्छन् ।
सोहि अवसरमा कांग्रेस नेतृ विद्या तिमिल्सेनाले तिज विशेष कोशेली माइतीको सम्झना बजारमा ल्याएकी छिन् । राधिका हमााल,विद्या तिमिल्सिना, शोभा थापा र निरुता खत्रीको युगल स्वर रहेको उक्त गितको शब्द धनराज वास्तविकको रहेको छ । गितमा विजय थापाले संगीत संयोजन गरेका छन् भने कृष्ण बाजुरालीले अडियो मिक्सिङ गरेका छन्।
त्यस्तै अर्जुन बिसीको निर्देशन रहेको गीतको म्युजिक भिडियोका दृश्यहरु रवीन्द्र श्रेष्ठले क्यामेरामा कैद तथा म्युजिक भिडियो सम्पादन गरेका हुन्। ‘आजकालको लभ’ गितको अभिनयमा कञ्चन खड्का,स्टेल बिसी, विमल ज्ञवाली र नव मोडेल सुमी तिमिल्सिनाको रहेको छ।
हेर्नुहाेस भिडियाे