काठमाडौं । सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई आवश्यकताभन्दा बढी वस्तु सञ्चय तथा भण्डारण नगर्न आग्रह गरेको हो। मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जनाएको छ। बाढी, पहिरो वा अन्य विपद्का कारण…