काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिएका हुन् । जसअनुसार अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएसँगै कर्णाली सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । राजीनामासँगै…