काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागकाअनुसार साउन र भदौमा ३२८ वटा उद्योग तथा परियोजनाका लागि लगानी प्रतिबद्धता आएको हो । तीमध्ये ३२२ वटा उद्योग स्वचालित मार्गबाट र ६ वटा स्वीकृति मार्गबाट स्वीकृत भएका छन्।…