Logo

हाम्रो बारेमा

चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि, अनामनगर-२९, काठमाडाैँ

सूचना विभाग दर्ता नं. : १४४६ /०७३–७४

प्रेस काउन्सिल सूचीकरण नं. : ११२७/०७२–७३

अध्यक्ष/प्रकाशक

नारायण प्रसाद अधिकारी

हाम्रो वारेमा,

चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि विशुद्ध सूचना तथा संचार कार्यालय हो । हाम्रो यो कार्यालयको काम जनतालाई सही सूचना प्रदान गर्ने हो । हाम्रो देशमा धेरै पटक राजनीति परिवर्तन भइसकेको छ । राजनीति परिवर्तन ब्यहोर्दे अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यबस्थामा आइपुगेका छौं । यो घडीसम्म आइपुग्दा मुलुकले धेरै क्षति ब्यहोरिसकेको छ । नागरिकहरु धेरै मरेर गए । देशले ठुलो भौतिक मुल्य चुकाइसकेको छ । फलस्वरुप अहिले हामीले स्वतन्त्र प्रेसको अधिकार पाइरहेका छौं । संविधानले प्रदान गरेको अधिकारलाई प्रयोग गरेर हामी जनतालाई सही समाचार, सूचना र जानकारी दिन हरदम प्रयासरत रहनेछौं ।

१. हाम्रो कम्पनी प्रा.लि अन्तर्गत प्रकाशन, प्रशारण हुने संचारमाध्यमहरु देश, जनता, समाज र हरेक जीवहरुसंग जवाफदेही हुनेछन् । अहिले हाम्रो यस कम्पनीवाट अनलाईपाना डटकम र अनलाइनपाना टिभी संचालन भइरहेको छ । हाम्रा मिडिया जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउनेछौं ।

२. नेपाल सरकारका कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता, विधान लगायतलाई पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता ब्यक्त गर्दछौं ।

३. हरेक नागरिकको राजनीति गर्ने अधिकार सुरक्षित रहेको छ । हाम्रो प्रस्तुति कहिल्यै पक्षपातपूर्ण हुने छैन । हामी न्याय र जनताको पक्ष लिंदै कुनै दल निकटको पक्षमा हाम्रा समाचारहरु हुने छैनन् । विशुद्ध ब्यवसायीक पत्रकारिता गर्ने हाम्रो लक्ष्य हुनेछ ।

४. हामी हरेक सुझाव र सल्लाहलाई स्वीकार गर्दे आवस्यकता अनुसार ती सल्लाहलाई ब्यवहारमा उतार्नेछौं । त्यसैले, हामीलाई सल्लाह, सुझाव, हौसला, जानकारी र सूचना दिएर सहयोग गर्न सवै नेपाली दिदिवहिनी दाजुभाईमा अपिल गर्न चाहन्छौं ।

५. हामी जातजाति, धर्म, वर्ग, सम्प्रदाय, लिंग, वर्ण, चालचलन, रीतिरिवाज, संस्कृति, भुगोल र रुपका आधारमा कहिल्यै कसैलाई भेदभाव गर्ने छैनौं । हाम्रा समाचारमा ती भेदभाव कहिल्यै झल्किने छैनन् । त्यसैले, नेपाली जनताको सूचनाको विश्वासिलो पहरेदार वनेर सेवा गर्ने सबैलाई विश्वास दिलाउन चाहन्छौं ।