सरकार फेरिन्छ, मन्त्री फेरिन्छन्, नीति फेरिन्छन्। तर राज्यको स्थायी संयन्त्रका रूपमा निजामती प्रशासन रहन्छ। त्यसैले कर्मचारी प्रशासनलाई राजनीतिक सत्ता परिवर्तनको प्रतिशोध वा प्रयोगको थलो बनाउनु हुँदैन। अहिले कर्मचारी सरुवा, दरबन्दी कटौती र प्रस्तावित सेवा अवधि तथा उमेरहदका विषयले निजामती क्षेत्रमा जुन प्रकारको अन्योल सिर्जना गरेको छ, त्यसलाई सरकारले गम्भीरतापूर्वक लिन आवश्यक छ। कर्मचारी सरुवा प्रशासनिक…