Logo
भिडियो

रविन शाहको त्रिकर्ममा कालो कालो बालले (भिडियो सहित)


संघर्षले मानिसलाई सफल बनाउँछ अनि सफलताले सन्तुष्ट । यो भनाई सबै मानिसको जीवनमा मेल नखाला तर रविन शाहको जीवनमा भने ठ्याक्कै मेल खान्छ । किन भने रविन शाहले आफुलाई कोरियोग्राफर र निर्देशकमा मात्र सफल देखाएका छैनन्, अभिनेतामा समेत अब्बल सावित गरि सकेका छन् । यी सफलताका सुत्रधार रविनको त्रिकर्म रहेको एउटा गीतको भिडियो यतिबेला डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गायक कमल विरहीको आवाजमा रहेको ‘कालो कालो बालले’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । दिपक बरालको शब्दमा विरहीकै संगीत समेत रहेको उक्त गीतको भिडियोमा रविन शाह र बिनोद श्रेष्ठले एञ्जिला धितालसँग रोमान्स गरेका छन् । भिडियोमा सन्तोष सुनारको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा रविन शाहको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :

https://youtu.be/L_kFEI3W698