काठमाडौं । बैतडीका एक बालकलाई जन्मिएको दुई महिनामा आफ्नै बुवाले कलेजो दिएर बचाएको सत्य घटनामा आधारित रहेर निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । महेश अवस्थीले आफ्ना छोरा शिवांशलाई बचाएको घटनालाई आधार बनाएर निर्माण गरिएको मेरो जिन्दगी बोलको भिडियो सार्वजनिक भएको हो ।
कमला सुवेदी सापकोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा महाराज थापाको संगीत संयोजन र निशान भट्टराईको स्वर रहेको छ ।
बास्तविक कथालाई मर्मस्पर्शी तरिकाले निर्माण गरिएको भिडियोमा महेश अवस्थीको भूमिका निर्मल न्यौपाने र उनको श्रीमतीको भूमिकामा रेखा घिमिरे देखिएका छन् । दुवै जनाको दमदार अभिनयले भिडियोलाई अत्यन्तै मार्मिक बनाएको छ । त्यसै गरी ऋदम तामाङलाई बालकलाकारमा देखाईएको छ ।
पछिल्लो पुस्ताका व्यस्त अनि कुशल भिडियो निर्देशक युवराज वाईबाको निर्देशन रहेको भिडियोमा राज पोखरेलको छायाँकन तथा बिकाश दाहालको सम्पादन रहेको छ ।
भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :