सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टीले वार्ताका लागि टोली गठन गरेपनि त्यसले परिणाम नदिने आशंका उब्जिएको छ । बैज्ञानिक समाजवादको लक्ष्य बोकेको विप्लव र सरकारबीच वार्ताका लागि कुनै सैद्धान्तिक धरातल र अडान नभएकाले यो सफल हुनेमा शंका उब्जिएको हो ।
नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य एवम देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परी थापाका अनुसार प्रधानमन्त्रीलाई स्टन्ट गर्न र विप्लवलाई आफूमाथिको प्रतिवन्ध फुकुवा गर्न वार्ता बाहना चाहिं हुनेछ ।
थापा भन्छन्, ‘ विप्लवमाथि प्रतिवन्ध लगाउनु नै गलत थियो । अहिले संवाद हुनु राम्रो हो । यसले कुनै परिणाम त दिंदैन तर ‘फेससेभ’ का लागि सरकारलाई राम्रो हुन्छ । ’
अहिलेको संसदीय व्यवस्था दलाल व्यवस्था भएकाले यो रहेसम्म मुलुक बन्दैन । संघीय जनगणतन्त्र नै अब लक्ष्य हुनुपर्छ । यसका लागि वैकल्पिक संयुक्त सरकार निर्माण गरेर अघि बढ्नुपर्छ ।
अब मुलुकमा को प्रधानमन्त्री हुन्छ वा कसले देश चलाउँछ भन्ने कुराको अर्थ छैन । यो व्यवस्था अन्तर्गत जसको सरकार र जो प्रधानमन्त्री भएपनि नोक्शान बाहेक केही हुनेवाला छैन । देश र जनताप्रति जिम्मेवार नभएका दल र नेताहरुको विकल्प खोज्नुपर्ने बेला आएको छ ।
देश र जनतालाई सुरक्षा दिनुपर्ने प्रधानमन्त्री आफै असुरक्षित भएँ भनेर हिंड्नु लाजमर्दो होइन ? यस्ता पनि प्रधानमन्त्री हुन्छन् । सर्वोच्च अदालतको लात खाएपछि प्रधानमन्त्री ओलीले होश गुमाउन थालेका छन् । जे पनि बोल्ने ?
विस्तृत भिडियोमा :