नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीका कारण पार्टीमा गुट मौलाएको आरोप लगाएका छन । राष्ट्रिय कार्यकर्ता भेलामा खनालले केपी ओलीकै कारण पार्टी अगाडि बढ्न नसकेको सरकारले पनि राम्रोसँग काम गर्न नसकेको तथा तीन वर्षमा तीन ओटा नीति तथा कार्यक्रम ल्याउँदा पनि पार्टीले समन्वय गर्न नसकेको बताए । ‘ओलीकै कारण गुट मौलायो ।
पार्टीमा गुटको खेती गर्ने उनै हुन् ।’ नेता खनालले क्याबिनेट पनि ओलीले एकलौटी आफ्ना गुटका मान्छे मात्र राखेर नियुक्त गरेको, योजना आयोगमा पनि आफ्ना आसेपासे राखेको, पार्टी नीति कार्यदिशा अनुरुप नचलेको आरोप लगाए । उनले भने –‘पार्टीले भनेको मानिस नियुक्ति गरिएन, पार्टीसँग सरसल्लाह नै नगरी बजेट प्रस्तुत गरियो । विभिन्न विधेयक ल्याएर समस्यामा पार्ने काम भयो ।’ नेता खनालले ओली दक्षिणपन्थी भासमा फसेको आरोप लगाए । उनले भने –‘पार्टी एकताका काम पनि अलपत्र पारिए । तीन महिनामा गर्ने भनिएको पार्टी एकताका काम तीन वर्षसम्म पनि पूरा गरिएन ।’
बाँकी यो भिडियोमा :