Logo
अन्तर्वार्ता

प्रधानमन्त्री ओली माधव र झलनाथलाई कारवाही गर्ने मूडमा हुनुहुन्छ (भिडियोसहित)


नेकपा एमालेको संसदीय दलको बैठकले माधव नेपाल र झलनाथ खनालको नेतृत्वमा भएको राष्ट्रिय कार्यकर्ता भेलाप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई ‘नोटिस’मा लिएको जनाएको छ । 
अध्यक्ष केपी शर्मा ओली निकट नेता एवम राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले दलको बैठकले सो भेलाको विरोध गर्दै असन्तुष्टि जनाएको जानकारी दिए । पार्टीका नेता माधव नेपाल र झलनाथ खनाल नेतृत्वको भेला दण्डनीय भएकाले त्यसमा सहभागी भएकाहरुमाथि पार्टीले गम्भीर निगरानी राखेको उनले बताए । 

नेता भट्टराई भन्छन्, ‘ यस्ता गुटगत भेला नगर्न अध्यक्षले निर्देशन दिइसक्नु भएको थियो । नेपाल र खनालले पार्टी नीति र विधान विपरित भेला गरिहाल्नु भो । यो विषयलाई पार्टीले गम्भीर रुपमा लिएको छ । अध्यक्ष ओलीले त यो भेला गर्न नेतृत्व गर्नेहरुलाई कारवाही गर्नुपर्ने भनिरहनु भएको छ । उहाँका इच्छा त तत्काल माधव नेपाल र झलनाथलाई कारवाही गर्नुपर्ने छ । हामीले थुम्थुम्याएका छौं । नेपाल र खनाल नसच्चिने हो भने अब कारवाही निश्चित छ । ’

भट्टराईका अनुसार पार्टी एकता जोगाउन प्रधानमन्त्री जति गम्भीर छन, नेपाल–खनाल समूह त्यतिकै गैरजिम्मेवार छ । पार्टी एकढिक्का नै रहोस भनेर नेपाल र खनाललाई संसदीय बोर्डमा पनि राखिएको छ । जहाँसम्म फागुन २८ गतेको निर्णयबाट सबैको पद खोसियो भन्ने कुरा छ, त्यो बेठिक हो । कसैको पनि पद खोसिएको छैन, केहीको जिम्मेवारी मात्र हेरफेर गरिएको हो । यसलाई विवादको मुद्दा बनाउन जरुरी छैन । 

नेता भट्टराईले प्रधानमन्त्री ओलीको नेतृत्वमा जनपक्षीय र विकासका काम धेरै भएकाले विरोधीहरु आत्तिएको आरोप लगाए । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको एक समूह जसरी प्रधानमन्त्रीलाई हटाउने भनेर लागेका छन्, त्यो ईष्र्या मात्र भएको उनको भनाइ छ । 

प्रधानमन्त्रीलाई हटाउन कांग्रेस र माओवादी केन्द्रको प्रयास सफल नहुने उनको दावी छ । बरु जनता समाजवादी पार्टीसंग मिलेर ओलीले आफनो सरकारलाई थप बलियो बनाउने उनले बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारलाई दिएको समर्थन फिर्ता लिन भन्दा पनि नमानेकोमा उनले आश्चर्य प्रकट गरे । 

विस्तृत भिडियोमा :