Logo
अन्तर्वार्ता

देउवाको रिसले महन्थलाई प्रधानमन्त्री प्रस्ताव (भिडियो सहित) 


नेपालमा नयाँ राजनीतिक समीकरणको रस्साकस्सी चलिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतको हरिद्वारमा राजाको हैसियतमा सम्मान गरिएको छ । सरकारले काम गर्न नसक्ने र सरकारको विकल्प पनि खडा हुन नसक्ने अवस्थामा पूर्वराजालाई दिइएको सम्मानलाई अर्थपूर्णरुपमा हेरिएको छ । यसलाई भारत नेपालमा के चाहन्छ भन्ने संकेतका रुपमा पनि बुझन सकिन्छ । 
यही सेरोफेरोमा हामीले राजनीतिक विश्लेषक डा. सुरेश आचार्यसंग छलफल गरेका छौं । उहाँसंग भएको छलफलका महत्वपूर्ण अंश यस्ता छन् :

क) भारत नेपालमा राजसंस्था र हिन्दु धर्म फर्काउन चाहन्छ । १२ बुँदे समझदारीको कोर्स सही ढंगले अघि नबढेको भारतको ठहर छ । राजसंस्था र धर्मका सन्दर्भमा विगतको आफनो भूमिकाप्रति ग्लानी महसूस ।  

ख ) भारतसंगै चीन पनि नेपालमा राजसंस्था चाहन्छ । दलहरुका गतिविधिबाट भारत र चीन सन्तुष्ट छैनन् । दुवै देशले दलहरु भन्दा राजसंस्था हुँदा आफूलाई फाइदा हुने निष्कर्ष निकालेका छन् । 

ग ) नेपालमा अहिले देखिएको राजनीतिक अन्योल शक्ति राष्ट्रहरुको चलखेलका कारण उत्पन्न भएको हो । मुख्यत: भारत र चीनले आफनो हस्तक्षेपकारी भूमिका बढाएका छन् ।

घ ) अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको साथ छ । प्रचण्डसंग भारत खुशी छैन । प्रचण्ड अझै कमजोर अवस्थामा पुग्नेछन् । 

ङ ) जसपा र प्रधानमन्त्री ओलीबीच गठबन्धनको अभ्यास शक्ति राष्ट्रकै इशाराका रुपमा बुझनु पर्दछ । 

च ) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई सबैले एक स्वरबाट प्रधानमन्त्री बनाउन पहल गर्नुपर्छ । देउवाको आलोचना गरेर कांग्रेस बलियो हुँदैन । 

छ ) कांग्रेसभित्रै एउटा समूहले देउवाको रिसले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको छ । यो कांग्रेस र लोकतन्त्रका लागि समेत राम्रो होइन । यो विचारले कांग्रेस सिध्याउँछ । 

ज ) ओलीका कारण संविधान खतरामा छ । यो संविधानको आयु लामो छैन । कांग्रेसलाई पनि यो संविधान मन परेको छैन । संविधानको स्वामित्व लिने कोही पनि छैन । ओली भएसम्म चुनाव पनि हुँदैन । 
झ ) देउवा प्रधानमन्त्री भए गिरिजाप्रसाद कोइराला जस्तै आफू हारेपनि चुनाव गराउँछन् । बामपन्थीले चुनावको नारा दिन्छन् तर गर्दैनन् । प्रजातन्त्रवादी हर हमेसा चुनाव गराउन इच्छुक हुन्छ । 

विस्तृत भिडियोमा :