Logo
भिडियो

कुसुमलाई ‘मेरी मायालु’ भन्दै नरेन


पप गायक तथा म्युजिक भिडियो निर्देशक नरेन लिम्बु र कुसुम गुरुङको अभिनयमा रहेको म्युजिक भिडियो यतिबेला नेपाली सांगीतिक बजारमा चर्चामा रहेको छ। 

शिवराज गुरुङ र मेलिना राइको स्वरमा रहेको गीतमा निर्देशक लिम्बुले मिठो प्रेमकथा बुनेका छन्। 

अभिनेत्री कुसुम गुरुङ र निर्देशक लिम्बुको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बनेको छ।  

गायिका मेलिना राईको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक म्युजिक भिडियोलाई विश्वास राईले खिचेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।   

केही समयदेखि हङ्गकङ्गमा बसोबास गर्दै आएका शिवराज गुरुङले केहि समयको अन्तरालमा आफुले गायिका मेलिना राईसँगको सहकार्यमा यो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।  सार्वजानिक भएको २ दिन मै लाखौँ दर्शक स्रोताले मन पराइ दिंदा आफू निकै नै हौसिएको बताएका छन् ।