Logo
भिडियो

जनयुद्धका घाईतेलाई राहत वितरण गरियो, महेन्द्र बुढा र धिरज उपरकोटीको यस्तो पहल (भिडियो सहित)


काठमाडौं । सुदुर पश्चिम खनिज प्रा.लि. लगायतको समूहले जनयुद्धमा आफ्ना शरिरका महत्वपूर्ण अंग गुमाएर घाईते तथा अपांगता भएका व्यक्तिहरुका लागी राहत वितरण गरेको छ । उक्त प्रा.लि.का सप्रमुख सञ्चालक महेन्द्र बुढा र वन तथा वातावरण मन्त्रालयका स्वकीय सचिवालय सदस्य धिरज उपरकोटीको पहलमा खाद्यान्न सामाग्री वितरण गरिएको हो । 

जनयुद्धमा घाईते बनेका नेकपा नेता भक्त बहादुर थापा (अपिल) र युवराज बि.क.को नेतृत्वमा वितरण गर्ने गरी बुढा र उपरकोटीले ६० बोरा चामल, ७५ केजी दाल तथा ६० लिटर तेल उनीहरुलाई हस्तान्तरण गरेका छन् । अहिलेको विषम परिस्थीतिमा आम नागरिकको दैनिकी कष्टकर बनि रहेको र अझ अपांगता भएका व्यक्तिहरुको अवस्था झन् नाजुक भएकोले केही न केही सहज होस् भनेर उक्त राहत सामाग्री वितरण गरिएको महेन्द्र बुढाले बताए । 

“नजिकिदो दशैंमा बाहिरी उल्लास नहोला तर पेट भोको हुनु हुन्न भन्ने मान्यता मानवहरुमा हुनु जरुरी छ, त्यसैले हामीले सक्दो गरिरहेका छौं । अन्य ठाउँहरुमा पनि सक्नेले नसक्नेलाई सहयोग गर्नु भए देशमा कोही भोको बस्नु पर्ने थिएन” – बुढाले अनलाइनपानासँग बताए । सुदुर पश्चिमका विभिन्न जिल्लामा दशैं मान्न जान बाध्यता भएर पनि बाटो खर्च अभावमा रहेकाहरुका लागी आफुहरुले सक्दो प्रयास र सहयोग गरिरहेको पनि बुढाले बताए ।

 
राहत बितरणको भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :