युट्युबर भनेर चिनिने तात्तातो खबर नामक युट्युब च्यानलका सञ्चालक भाग्य न्यौपाने र नयाँ नयाँ न्यूज नेपाल नामक युट्युब च्यानलका शिशिर भण्डारी भाईरल शिशुप्रकरणमा मुछिएका छन् । केही दिनअघि कपनमा तीन महिनाको एक बच्चा फेला परेका थिए ।
एक बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले उक्त बच्चालाई ‘उपहारको पाएको’ भनीन् । त्यहाँ प्रहरीभन्दा पहिले युट्युबर पुगे, वा बोलाइए । यसरी पुग्नेमध्येका एक थिए भाग्य न्यौपाने, र अर्का थिए शिशिर भण्डारी ।
भाग्य बालगृहमै पुगेर बच्चाका लागि भन्दै पुष्पालाई १० हजार रुपैयाँ पनि दिए र शिशिर ७९ हजार पाँच सय। त्यसको दुई दिनपछि उनीहरु फेरि केयर एयर होममा पुगेर पुष्पासँग आफूले दिएको पैसा फिर्ता मागे ।
भाग्य न्यौपाने सिधैं अनुमति विना छापामार शैलीमा ती महिला पुष्पाको कोठामा छिरेका र सिधैं बेडमै कोरोनाको महामारी चलिरहेको यस्तो प्रतिकुल परिस्थितीमा श्रीमानझैं टासिएर, सरकारले जारी गरेका कोरोनाको कुनै मापदण्ड पालना नगरी प्रहरी प्रशासन हातमा लिएको भन्दैं बालगृह छिमेकमा रहेका महिलाहरु निकै आक्रोशित बनेकाछन् ।
उनीहरुले भाग्य न्यौपाने लगायतले महिलामाथि दुव्र्यवहार गरेको मु द्धा चलाउने चेतावनी समेत दिएका छन् जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भाग्य न्यौपानेहरुले बालगृहकी सञ्चालिका पुष्पालाई ह दैसम्मको टचर दिएर आ त्म ह त्या गर्न बाध्य पार्न खोजेको उनीहरुको आरोप छ ।
एउटा नारीको ईज्जत बचाउन नाटक गरेको जुन आफ्नो ठूलो भूल थियो भन्ने कुरा पुष्पाले स्वीकार गरिसक्दा समेत समाजसेवी युट्युबरको नामले समेत चिनिएका भाग्य न्यौपाने र शिशिर भण्डारी लगायतले प्रहरी प्रशासन हातमा लिएर उनीमाथि केरकार गरेर अनावश्यक तनाव दिने काम गरेकाले भाग्य लगायत युट्युबरहरुले यसको मूल्य चुकाउनुपर्ने उनीहरुको चेतावनी छ ।
तात्तातो खबर सञ्चालक भाग्य न्यौपानेहरुले पत्रकारिताको ईथिक्स नै भुलेर तात्तातो खबर दिएर कसैको ज्यान तलमाथि भयो भने त्यसोका जिम्मा कसले लिन्छ, महिलाहरुको प्रश्न थियो । उनीहरुले भाग्यले जसरी १० हजार फिर्ता लगे त्यसरी नै पहिला खिचिएको भिडियोबाट आएको डलर फिर्ता गर्न सक्छन् भन्दैं सोधेका छन् ।
पुष्पाको बेइज्जतीपूर्ण तरिकाले उनको ‘अन्तरवार्ता’ लिइएको छ । उनलाई ठाउँको ठाउँ आर्थिक सहायताको हिसाब देखाउन लगाइन्छ, मानौं युट्युबरहरु अख्तियारबाटै आएका हुन् । पुष्पाले आफ्नो गल्ती स्वीकारेर पटक–पटक क्षमायाचना गर्छिन् ।
भाग्यको १० हजार फिर्ता गर्छिन् । प्राप्त सहयोगको विवरण देखाउँछिन् । अरुको पनि पैसा फिर्ता गरिदिने प्रतिवद्धता जनाउँछिन् । यी सबैका बाबजुद युट्युबरहरु पुष्पालाई अनवरत हमला गरिरहन्छन् । यो केरकारमा भाग्यको प्रस्तुति र बडी ल्याङ्वेज अत्यन्त असहज लाग्छ । उनी एक सञ्चारकर्मीका रुपमा त्यहाँ गएका हुन् । तर, अन्तरवार्ता लिने क्रममा उनको बसाइ र बोलाइले त्यस्तो प्रतीत हुँदैन ।
उनी महिलासँग ढसमस्स टाँसिएर बसेका छन् । पुष्पालाई असहज लागेको स्पष्ट देखिन्छ । तर, उनी कुनै प्रतिकार गर्न सक्ने अवस्थामा छैनन्, किनकि उनलाई त्यहाँ एउटा जघन्य अपराधीका रुपमा व्यवहार गरिएको छ । मानसिक रुपमा विक्षिप्त बनेर पुष्पाको ज्यान तलमाथि भए भाग्य न्यौपाने लगायत युट्युबरहरु नराम्ररी फस्ने देखिन्छन् ।