Logo
भिडियो

मेरी लक्षिमा लिएर आए राष्ट्रसेवक राम बहादुर बोगटी (भिडियो सहित)


देशको सेवा गर्ने कसम खाएर फौजी सेवामा लागेकासशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) राम बहादुर पाली बोगटी (बिपी बोगटी) ले अर्को पहिचान पनि बनाएका छन् । उनले गीतकारको रुपमा आफ्नो थप पहिचान बनाएका हुन् । 

डिएसपी बोगटीको शब्दमा मेरी लक्षिमा बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा चक्र बमको संगीत रहेको छ भने साहस शाक्यले एरेञ्ज गरेका छन् । गीतमा चर्चित गायक शिव परियारको स्वर सुन्न सकिन्छ ।

मेरी लक्षिमा गीतको भिडियोमा टिकटकबाट चर्चामा आएर पछिल्लो समय म्युजिक भिडियोमा एकछत्र छाई रहेका सुधिर श्रेष्ठ र गिता ढुगांनाको अभिनय देख्न सकिन्छ । पछिल्लो समयका व्यस्त युवा कोरियोग्राफर बिक्रम चौहानको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन तथा प्रकाश खड्काको छायाँकन रहेको छ ।

बाँकी भिडियोमा हेर्नुहोस् :