नेपाली सेनाले हतियारसहित बख्तरबन्दगाडी सडकमा निकालेपछि म्यानमारको सैनिक ‘कू’ र नेपालको भावी राजनीतिलाई तुलना गर्न थालिएको छ । कतिपयले सैनिक हस्तक्षेपको सम्भावना औंल्याएका छन् भने कतिपयले यसलाई सेनाले भनेझैं सामान्य अभ्यासकारुपमा मात्र लिएका छन् ।
प्रा.डा.सुरेन्द्र केसीका बिचारमा सेनालाई विवादमा ल्याउन जरुरी छैन । स्वयं सेनाले नै नियमित अभ्यास भनिसकेपछि यसलाई जबरजस्ती तरंगित गर्न नहुने उनको भनाइ छ । भएको र सत्ता परिवर्तनको खेलमा लागेको कुनै इतिहास नभएकाले यसबारे शंका गर्न उचित छैन । तर, सेनालाई कसैले प्रयोग गर्न सक्ने कुरा भने नकार्न सकिँदैन ।
बरु संसद् बिघटनबारे सर्वोच्च अदालतको फैसला आइसकेपछि मुलुकले नयाँ राजनीतिक कोर्स समाप्ने केसी बताउँछन् । उनका पुनस्र्थापना भए प्रधानमन्त्री ओली संकटकाल लगाएर राष्ट्रपति शासनको अभ्यासमा जाने छन । यदि संसद् बिघटन सदर भए बैशाखमा त होइन अर्को कुनै मितिमा निर्वाचन गर्ने उनको तयारी हुनेछ ।
डा. केसीसंगको अन्तर्वार्ताका थप प्रमुख अंश यस्ता छन् :
क ) नेपालमा जे जस्ता राजनीतिक घटनाक्रम र परिवर्तन भए ती सबै भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलको भ्रमणपछि भएका छन् । यसकारण नेपालको राजनीतिमा जे जस्ता परिवर्तन देखिएका छन्, तीनमा कसले भूमिका खेलेको छ भन्ने स्प्ष्ट छ ।
ख ) नेपाल मामिलामा पनि धेरै कुरामा भारत र अमेरिका एकसाथ छन् । अहिले चिनियाँ शक्ति कमजोर भएको पाइयो ।
ग ) भारतको एउटै उद्देश्य नेकपाको दुई तिहाइको सरकारलाई छिन्नभिन्न पार्नु थियो, त्यो मक्सद पूरा भयो ।
घ ) दुई तिहाइको सरकार र बलियो नेकपालाई छिन्नभिन्न पार्ने नेकपाका कम्तिमा ५० जना फ्रन्टलाइनका नेताहरुलाई डाँडाकटाउनुपर्छ । यो छिनोफानो चुनावमा जनताले गरुन ।
ङ ) प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र धर्मनिरपेक्षता खारेजीको निर्णयसम्म पुग्न सक्छन् । ओलीले जनतासमक्ष यी मुद्दा लगे अचम्म नमान्दा हुन्छ ।
च ) प्रचण्ड–नेपाल समूह बाहेक अन्य दलहरु आन्दोलनमा छैनन् । कांग्रेस, जसपा लगायतका दलहरु ओलीको निर्णयबाट भित्रभित्रै खुशी छन् । चुनाव भए आफनो पक्षमा परिणाम आउने उनीहरुको बुझाइ छ ।
छ ) अहिले दल र नेताहरुबाट मुलुकले निकास पाउने सम्भावना छैन । यसका लागि स्वतन्त्र र सबैले भरोसा गर्ने व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्छ । त्यसका लागि म आफै डा. सुरेन्द्र केसी वा डा. सुन्दरमणि दीक्षित, डा. भिमार्जुन आचार्य, डा. बीपीन अधिकारी लगायतका व्यक्ति उपयुक्त विकल्प हुनसक्छन् ।
विस्तृत कुराकानी भिडियोमा :