नेपाली हिन्दु नारीको महान चाड तीज नजिकिएको छ। यति बेला नेपाली सांगीतिक बजारमा नयाँ नयाँ तिज गीत आउने होड बाजी चलि रहेको छ। यही अवसरमा गायिका अप्सरा बिस्टले मार्मिक तिज गीत ‘नहेर्नु है बाटो आमा’ सार्वजनिक गरेकी छिन्।
गायिका अप्सरा बिस्टकाे आफ्नै स्वर तथा अभिनय रहेकाे मार्मिक मन छुने गीत पुर्वान्चल म्युजिक यूटुयूव चानल मार्फत सार्वजानिक गरिएकाे छ । डी.बि बल तामाङकाे शब्द, रुद्र श्रेष्ठको संगीत तथा एरेन्ज रहेकाे उक्त गीत इटहरी स्थित पुर्वान्चल डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरीएकाे हाे ।

उक्त गीतको भिडियो इटहरी तथा भेडेटारका बिभिन्न स्थानहरूमा छायांकन गरिएकाे हो। गीतकाे छायांकन तथा सम्पादन रिकेश बज्राचार्यकाे रहेकाे छ भने गीतमा गङ्गा गौतम, सारदा कटवाल लगायतहरूकाे अभिनय रहेकाे गीतको भिडियाेलाई रुद्र श्रेष्ठले निर्देशन गरेका हुन्।
हेर्नुहोस् गीतको भिडियो: