नेपाली सांगीतिक बजारमा गायक बिष्णु क्षेत्रीको जय नेपाल बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ । बिकाश सुबेदीको शब्दलाई सुबाश भुसालले संगीत भरेका हुन् भने उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
उक्त गीतको म्युजिक भिडियोको छायांकन नेपालमा झोलेले गरेका छन् । त्यसै गरी फ्रान्समा दृष्य नेपाल र नर्बेमा गणेश सुनुवारले गरेका हुन् । गीतको भिडियोमा महेन्द्र अधिकारी, सोनिया शिह (ठकुरी) कर्म लामाले अभिनय गरेका छन् भने सम्पादन र निर्देशन अभास आचार्यले गरेका हुन् ।
हेर्नुहोस् “जय नेपाल ” गीतको म्युजिक भिडियो :