भरिया काम गरेर गुजारा चलाईरहेका सयौ परिवार काम नपाएपछी साँझ बिहानको हातमुख जोर्ने समस्याले सताईरहेको छ । कयौ दिन देखि भोको पेट सुम्सुम्याउदै खाना त परैको कुरा , पानीको लागि पनि बाटो हेर्नु परेकोछ।
कयौ दिन देखि भोको पेट सुम्सुम्याउदै सडकमा माहलक्ष्मी मन्दीर, माहालक्ष्मीस्थान अगाडीको पाटीमा कति बिचलित देखिएका ख्याउटे अनुहारहरु भोक र प्यासले आफ्ना आमा बाकै काखमा बेहोस भएका देख्न सकिन्छ। सुन्दा कुनै चलचित्रको कथाको छायांकन स्थल जस्तै लाग्ने यो दृष्य बास्तवमै एक गरिव निमुखा परिवारले भोगेको कथा हो ।
कोरोनाको त्रासले सबैलाई गाँजेको छ । नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै गएको छ । देशका अन्य भागसँगै राजधानी काठमाडौँमा सङ्क्रमणको दर उच्च हुुँदै गएको हो । सङ्क्रमण रोक्न राजधानी उपत्यकालगायत देशका धेरै भागमा निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमण दर नियन्त्रण हुन सकेको छैन ।
कोरोनाको त्रासमा सरकारले गरेको निशेधाज्ञा कोरोना संक्रमण नियन्त्रण गर्नको लागी राम्रो रणनिती हो तर निशेधाज्ञाका कारण सर्वहारा वर्गका हातमुख जोर्ने समस्यामा राज्यको संबोधन नहुनु लज्जास्पद देखिएको छ ।
कयौ परिवार काम नपाएर बिचल्लीमा परेका छन । परिवार संगै बालिका पनि बिचल्लीको सिकार भए । एक दिन पेटमा अन्नको दाना परे पनि अन्य कयौ दिन अन्नको दाना न पर्ने निश्चित छ। यसै बिच कोहि बिरामि भए पनि,काखमा सुताउनु बाहेक उनिहरुले केहि गर्न सकिने छैन।
कयौ युवाहरुहरुलाई रित्तो नाम्लो बोकेर भरिया काम नपाएपछी साँझ बिहानको हातमुख जोर्ने समस्याले सताईरहेको छ । सरकारले सकेको गरेको भन्दै छ तर पर्याप्त पिसिआर परिक्षण छैन, गरिव निमुखाको लागि बिशेष कुनै योजना छैन, क्वारेन्टाईनको अवस्था दयनिय छ।
सरकार जनता गास बास अभावले दिनहु तड्पिरहेका छन; कुर्सिको होइन खा्नाको भागवण्डा गर्नुहोस ।नेताहरु भागवण्डा र भ्रष्टचारबाट पेट भर्छन् जनता गास बास र कपासको अभावले मर्नेछन। उनिहरुको दुख कसै लाइ महसुस छैन।