कमल घिमिरे र पुरुषोत्तम पन्तको ‘आँशु आमाको’ बोलको गीत सार्वजनिक भएको छ । आर आर क्रियशन नामक युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा किसन काले र मनु सापकोटाको स्वर रहेको छ ।
उक्त गीतमा किसन कालेकै शब्द र संगीत रहेको छ । गीतलाई अर्जुन थापाले निर्देशन गरेका छन् । गीतका सर्जक घिमिरेले गीतमा देशभक्तिको भावनालाई उजागर गरिएको बताए । गीतमा देशमा भएका व्याप्त समस्या, विभिन्न घटनाक्रमलाई समेत समेटिएको छ ।
हेर्नुहाेस भिडियो