नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका युवा नेता तथा चलचित्र निर्देशक दिनेश लिङ्देनले पार्टी एकता हुनसक्ने तर्फ गृहकार्य भई रहेको बताएका छन् । अनलाइनपाना टिभीसँगको संवादमा नेता लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले क्षमायाचना सहित आफ्नो गल्ती स्विकार गरेमा पार्टी एकता हुनसक्ने बताए ।
पार्टी नेताहरु जनार्दन शर्मा तथा योगेश भट्टराई लगायतका नेताहरुले पार्टी एकताको लागी पहल लिई रहेको यो असम्भव नभएको उनको भनाई रहेको छ । सर्वोच्च अदालतले जनमत र संविधानको सम्मान गरेको बताएका उनले अहिले यो नै प्रधानमन्त्री हुन्छ भनेर नतोकेको बताए ।
‘प्रचण्ड अत्यन्तै भावुक हुनुहुन्छ रत जनताको भावनासँग चाँडै जोडिन सक्नु हुन्छ । देशको प्रगतिको लागि जति पनि त्याग गर्न सक्नु हुन्छ । त्यसैले सत्ता समिकरणको लागी शेर बहादुर देउवालाई भेुट्न जानु भयो नि । प्रधानमन्त्री बनि हाल्नुस् भनेर जानु भएको होईन ।’ उनले भने ।
पार्टी एकता सम्भव नहुने स्थिति भएमा पूर्व माओवादीबाट मन्त्री बन्न गएका नेताहरु यतै फर्किने तयारी भई रहेको जानकारी दिदै नेता लिङ्देनले ओली समूहका नेताहरुले मनको लड्डु मात्र खाई रहेको तर प्रचण्ड-माधवले साँच्चीकै लड्डु खाएको भन्दै व्यङ्ग्य गरे ।
विस्तृत भिडियोमा :