Logo
भिडियो

सेलिना कुँवरले ल्याइन् तीज विशेष काेशेली “ह्यन्ड्सम पोइ”(भिडियाे सहित )


हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । तीज नजिकिएसँगै बजारमा तीज विशेष कोशेलीहरु एक पछि अर्काे रुपमा आइरहेका छन् । तीजको अवसरमा वर्त वस्ने दर खाने,अनि नारीहरुको समूह-समूहमा डान्स गर्ने गरेका छन् ।

सोहि अवरसमा अर्जुन पौडेलको शब्दमा सेलिना कुँवर आवाजमा तीज विशेष कोशेली ह्याण्डसम पोई रिलिज भएको छ । सन्तोष राजले संगित भरेको उक्त तीज विशेष म्युजिक भिडियोमा तीजको सबै तीर रन्कियो । यो दिलमै आगो दनकियो । दमकल भए बोलाइदिउन कोहि न कोहि ।यो तीजमा खोज्नु छ मलाई ह्याण्डसम पोइ भन्ने शब्द निकै रोचक पारामा सुर र ताल मिलाएको देखिन्छ ।

वासा म्युजिक नेपाल नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा सेलिना कुँवर,अञ्जली अधिकारी, कमल सिंह, सुनिनल गुरुङ, अनिता ग्वाँचेको रहेको छ । गितमा अञ्जली अधिकारीको रहेको छ । विष्णु खड्को सम्पादन रहेको उक्त म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईले क्यामेरा म्यानको जिम्मेवारी निर्वाह गरेका छन् भने सम्पादन सन्तोष रााजभकको रहेको छ ।

हेर्नुहाेस भिडियाे