Logo
भिडियो

जापान त्यागेका सुदिप म्युजिक भिडियोमा जम्न थाले, बिरानो परदेशीमा यस्तो पिडा (भिडियो सहित)


बिदेशिएका युवाहरुको पिडामा आधारित अर्को गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा आफ्ना रहरहरुलाई तिलाञ्जली दिएर खाडीमा पसिना बगाउँदै गर्दा ज्यान गुमाउँनु पर्दाको पिडालाई समेटिएको बिरानो देश बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

दर्दनाक दृष्यहरु समाबेश गरिएको यस गीतमा अमराज नहर्कीको शब्दमा नवराज थापाको संगीत तथा स्वर रहेको छ । सुदिप पौडेल र पूजा के.सी.को प्रमुख भूमिका रहेको यस भिडियोमा बोलप्रसाद सुवेदी, तुलसीमाया सुवेदी, सुबास जैसी, तुलसीराम पाण्डे लगायतका कलाकारले पनि अभिनय गरेका छन् । त्यसै गरी रमेश शर्माको छायाँकनमा समुन्द्र पौडेलले निर्देशन गरेको भिडियोको सम्पादन सुभास आम्गाईंले गरेका हुन् ।

यस भिडियोमा एउटा संयोग के पनि छ भने प्रमुख अभिनयमा रहेका सुदिप पौडेल पनि बिदेशमै बसेर आएका हुन् । हालसम्म पाँच वटा जति भिडियोमा अभिनय गरि सकेका सुदिपका कतिपय भिडियो सार्वजनिक भई सकेका छैनन् । ३ वर्ष जापान बसेको भएता मोडलिङमै जम्ने इच्छा बोकेर आफु नेपाल फर्किएको उनले बताएका छन् । उनले जापान जानुभन्दा अगाडी एक कुशल रेडियोकर्मीको रुपमा आफ्नो परिचय स्थापित गरेका थिए ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :