Logo
अन्तर्वार्ता

दलाल अभियानमा कांग्रेस र जसपालाई प्रचण्डको निम्तो (भिडियो सहित)  


नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत र चीनलाई ‘कम्फर्टेबल’ हुने सरकारका विषयमा दिएको अभिव्यक्तिले आफै विवादमा परेका छन् । उनले नेकपा प्रचण्ड–नेपाल, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठवन्धनबाट सरकार बनाउनुपर्ने र त्यो भारतसहित चीनका लागि पनि ‘कम्फर्टेबल’ हुने बताएपछि उनका बारेमा आलोचनात्मक टिप्पणी सुरु भएको हो ।

नेकपा ओली समूहका युवा नेता एवम लेखक दयालबहादुर शाहीले यसलाई प्रचण्डको सक्कली अनुहार भनी टिप्पणी गरेका छन् । उनका अनुसार सेनापति काण्डपछि प्रचण्ड आफनै अभिव्यक्तिले इतिहासकै गम्भीर संकटमा परेका छन् । यो उनको आत्मघाती गोल हो । आफनो दलाल अभियानमा उनले कांग्रेस र जसपालाई पनि जोडेर आफैलाई खाल्डोमा हालेका छन् । यो अवस्थामा कांग्रेस र जसपाले उनलाई साथ दिन्छ भनेर कल्पना पनि गर्न सकिदैन । 

शाहीका अनुसार ओलीले कुनैपनि हालतमा पद छोड्ने छैनन् । उनले संसद्मा अविश्वासको प्रस्ताव आए सामना गर्नेछन् । प्रचण्ड–नेपालको पक्षमा बहुमत नभएकाले उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने छैनन । यदि गरे भने त्यो असफल हुनेछ । 

विस्तृत भिडियोमा :